नेपोलीको घरेलु टोली ब्रेसियामाथि पूनरागमन जित

एजेन्सीः इटालियन सिरी ‘ए’ मा नेपोलीले घरेलु टोली ब्रेसियामाथि २-१ को पूनरागमन जित निकालेको छ ।

शुक्रबार राति ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा आयोजित स्पर्धामा लोरेन्जो इन्सिग्ने र फावियन रुइजको गोल नेपालीको पुनरागमनको लागि निर्णायक बन्यो । घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल केवल सान्त्वनामा सीमित बन्यो ।

खेलको २६औं मिनेटमा जोन चान्सेलरले सान्द्रो टोनालीको पासलाई गोलमा बदल्दै ब्रेसियालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु हुनासाथ ४ मिनेटको अन्तरमा २ गोल गर्दै ब्रेसियालाई घरेलु मैदानमा निराश बनाएको हो । ५०औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै ५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।

विजयसँगै नेपोली २५ खेलबाट ३६ अंक जोडेर छैटौं स्थानमा चढेको छ भने ब्रेसिया १६ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्