जर्मन बुन्डेसलिगाः बायर्नको रोमाञ्चक जित

एजेन्सीः रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा पाडेरबोर्नमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा बायर्नले पाडेरबोर्नलाई ३–२ गोलले हरायो । बायर्नको जितका २५औं मिनेटमा सर्ज गेनाबरीले खाता खोलेका थिए । ४४औं मिनेटमा पाडेरबोर्नका डेनिस श्रीबेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

लेवान्डोस्कीले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा पाडेरबोर्नका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीतर्फ धकेले । त्यसपछि ८८औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २३ खेलबाट ४९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको पाडेरबोर्न १६ अंक सहित अन्तिममा छ ।

कमेन्ट गर्नुहोस्