वानडे सिरिजः वेष्ट इन्डिजद्वारा श्रीलंकालाई २९० रनको लक्ष्य, होपको शतक

काठमाडौंः एकविदसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले घरेलु टोली श्रीलंकालाई २ सय ९० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनायो ।

उसका लागि ओपनर साई होपले शतक बनाए । उनले १४० बलमा १० चौका प्रहार गर्दै ११५ रन बनाए । एकदिवसीय क्रिकेटमा होपको यो नवौं शतक हो ।

यस्तै रोस्टन जेसले ४१, डारेन ब्रावोले ३९, किमो पउलले अविजित ३२, निकोलश पूरनले ११ र हेडन वाल्सले नटआउट २० रन बनाए । बलिङमा श्रीलंकन टीमका इसुरु उडानाले ३, थिसरा परेरा र नुवान प्रदीपले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्