शाई होपले तोडे बाबर आजमको कीर्तिमान

काठमाडौंः वेष्ट इन्डिज क्रिकेट टीमका ओपनर शाई होपले एकदिवसीय नयाँ उपलब्धि हासिल गरेका छन् । उनले एसियामा सर्बाधिक छिटो एक हजार रन पूरा गर्ने उपलब्धि हासिल गरेका हुन् ।

होपले यो उपलब्धि आज श्रीलंकासँग भइरहेको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल हासिल गरे । उनले आज १४० बलमा १० चौका प्रहार गर्दै ११५ रन बनाए । होपले एसियामा १ हजार रन १५ पारीमा पूरा गरेका हुन् । उनले १४ पारीमा ९९८ रन बनाएका थिए ।

होपले आज श्रीलंकाविरुद्ध २ रन बनाउँदै एसियामा सर्बाधिक छिटो एक हजार रन पूरा गर्ने रेकर्ड बनाए । योसँगै उनले पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमको कीर्तिमान तोडेका छन् । बाबरले १७ पारीमा १ हजार रन बनाएका थिए ।

वेष्ट इन्डिजले दियो श्रीलंकालाई २ सय ९० रनको लक्ष्य

एकविदसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले घरेलु टोली श्रीलंकालाई २ सय ९० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनायो ।

उसका लागि ओपनर शाई होपले ११५, रोस्टन जेसले ४१, डारेन ब्रावोले ३९, किमो पउलले अविजित ३२, निकोलश पूरनले ११ र हेडन वाल्सले नटआउट २० रन बनाए । बलिङमा श्रीलंकन टीमका इसुरु उडानाले ३, थिसरा परेरा र नुवान प्रदीपले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्