प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ विमोचन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ नामक किताब विमाचेन गरिएको छ । प्रधानमन्त्री ओलीको उक्त किताव आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचन गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन्। दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। ‘मेरो पुस्तक विगतभन्दा आगतमुखी छ। अबको नेपाल कसरी अगाडि बढ्ने भन्न सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु’ उनले भने।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए। किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए।

‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्