नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सचिवालय बैठक बसिरहेका छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकको मुख्य एजेण्डा अमेरिकी परियोजना एमसीसी, सचिवालयको बैठकमा निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरण, पार्टी एकता बाँकी प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल भइरहेको छ।

रिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले एमसिसीसम्बन्धी सम्झौताका केही बुँदाहरू संशोधन नगरी पारित गर्न नहुने सुझावसहितको प्रतिवेदन शुक्रबार बुझाइसकेको छ।

पाटीभित्र तीव्र विवादको विषय बनेको एमसिसीबारे बसिरहेको सचिवालय बैठकले निर्णय लिने सम्भावना भने कम छ।

दुई अध्यक्षले खनाल कार्यदलको प्रतिवेदनको पूर्ण अध्ययन नगरेकाले ठोस निर्णय नलिए पनि यसबारेमा छलफल भने हुने छ।

कमेन्ट गर्नुहोस्