गायक मीका सिंहकी म्यानेजरको निधन

काठमाडौंः चर्चित भारतीय गायक मीका सिंहकी म्यानेजर सौम्या खानको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ड्रगको ओभरडोजका कारण खानको निधन भएको हो ।

गायक सिंहले सामाजिक सञ्जालमा सौम्याको मृत्युप्रति शोक व्यक्त गरेका छन् । उनले सौम्याको मृत्युले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन्। गायक सिंहले लेखेका छन्, ‘उनले कयौँ मिठा सम्झनाहरु छाडेर गएकी छन्। भगवानले उनको आत्मालाई शान्ति दिऊन्। उनको परिवार र श्रीमान्‌प्रति मेरो समवेदना छ।’

उक्त घटना फव्रुअरी २ मा भएको प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । प्रहरीका अनुसार सौम्या डिप्रेशनमा थिइन् र ड्रगको ओभरडोजबाट उनको मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्