भैंसी गोठ र गाउँपालिका सम्हाल्दै उपाध्यक्ष खड्का

सल्यानः करुणा खड्का त्रिवेणी गाउँपालिका उपाध्यक्ष मात्र होइन एक सफल भैसी पालक किसान पनि हुन् ।

जनप्रतिनिधिको रुपमा गाउँपालिका उपाध्यक्ष हुन अघिदेखि नै ब्यावसायिक रुपमा २०६४ त्रिवेणी–२ रिखेवजारमा तीन वटा भैसी पालन व्यवसाय गर्दे आएकी थिइन् ।

खड्काको आफ्नै नाममा रहेको वहुउदेश्यीय फर्ममा द अहिले सानाठूला गरी १३ वटा भैसी रहेको करुणाले जानकारी दिइन् । उजका अनुसार अहिले पाँच भैसीले दैनिक २० लिटर दूध दिँदै आएका छन् । दूध फर्मवाटै ब्यापारीले ७० रुपैयाँ प्रति लिटर किनेर लैजाने गरेका छन् । दूध विक्री गरेर मासिक ५० हजार आम्दानी हुने गरेको छ । उत्पादित दूध काभ्रा र रिखेबगर बजारमै खपत हुने गरेको छ ।

भैसी पालनबाट स्थानीय दुई जनाले रोजगारी पाएका छन् । बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम गर्ने गरेको करुणाले भनिन्, ‘बिहान बेलुकी समय गोठ पातको काममा दिने गरेकी छु ।’

उपाध्यक्ष खड्कालाई श्रीमान खडगबहादुर खड्काले भैसिपालनमा सघाउँदै आएका छन् । गाउँमै रहेको प्राथमिक विद्यालयमा शिक्षक समेत रहेको खड्काले भैसीपालन रोजगारीको राम्रो माध्यम भएकाले बिदेशमा गर्ने मिहिनेत गाँउमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने बताए ।

भैंसी पालन गर्दा तयार हुने गोठे मल खेतबारीमा प्रयोग गरी तरकारी खेती पनि गर्ने गरेको खड्काको भनाई छ ।

२०७४ मा भएको स्थानीय तहका निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट करुणा खड्का उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्