रामकुमार नेपालीको नयाँ लोक गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौंः रामकुमार नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो ।

इमेज लोक कलाकार सिजन–२ का विजेता बनेका उनी नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पनि पुगेका थिए । उनै रामकुमार नेपालीको स्वर, शब्द र संगीत रहेको ‘घुर्‍यानको मुला’ बाेलकाे गीत सार्वजनिक भएको छ ।

गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् ।

गीतमा उनीसँगै कृति केसी, सन्जीव ठकुरी र स्मृति बस्नेतले भिडियोमा अभिनय गरेका छन् ।

घुर्यानको मुलाको बोलको गीतको भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो । गीतमा सन्जीव ठकुरीको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्