इन्दिरासँग अर्जुनले गाए ‘मेरा काला दारी’(भिडियोसहित)

काठमाडौंः ‘बबाल’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडलकी जज एवं चर्चित गयिका इन्दिरा जोशीसँग गाएकाे नयाँ गीत ‘मेरा काला दारी’ बजारमा ल्याएका छन् ।

गीतकार तथा संगीतकार दीपक शर्माको संगीत रहेको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।

गीतले दर्शक तथा स्रोताको मन जित्ने आशा लिएको गायक पौडेलले बताए । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मोडल रन्जित पौडेलका साथै अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्