श्रीलंकासँगको टी–२० सिरिजका लागि वेष्ट इन्डिजद्वारा टोली घोषणा

काठमाडौंः श्रीलंकासँगको टी–२० क्रिकेट सिरिजका लागि वेष्ट इन्डिजले टोली घोषणा गरेको छ । वेष्ट इन्डिजले आज किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टाेली घोषणा गरेको हो ।

टीममा आन्द्रे रसेल र ओसेन थोमस फर्किएका छन् । वेष्ट इन्डिज र श्रीलंकाबीचको टी–२० सिरिज ४ मार्चदेखि सुरु हुनेछ ।

श्रीलंकासँगको टी–२० सिरिज खेल्ने वेष्ट इन्डिजको टोलीः किरण पोलार्ड (कप्तान), फाबियन एलेन, ड्वेन ब्रावो, शेल्डन कोट्रेल, शिमरोन हेटमाइर, शाई होप, ब्रान्डन किङ, निकोलस पूरान, रोभम्यान पावेल, आन्द्रे रसेल, लेन्डल सिमन्स, ओशने थमस, हेडेन वाल्श जूनियर र केस्रिक विलियम्स ।

कमेन्ट गर्नुहोस्