लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

डडेल्धुराः कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछामको चौरपटी गाउँपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएका विजय साउद र धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय सुनिल कुँवर रहेका छन्।

धनगढी–४ बसपार्कमा रहेको अछाम होटलबाट तीन ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका साउद अछाम होटलका सञ्चालक हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीकाअनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्