जब प्रचण्डले मिथिला मध्यपरिक्रमाको डोला बोके…

जनकपुरधामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिथिला क्षेत्रको डोलालाई काँधमा बोकेका छन् ।

मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै प्रचण्डले मिथिला क्षेत्रको डोलालाई काँधमा उठाएका हुन् । मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका हुन् ।

याे पनि पढ्नुस  ओली दुवै पद नछाड्ने, दाहाल–नेपालको नयाँ रणनीति के ?

सो अवसरमा बोल्दै उनले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गर्दै नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताए ।

कमेन्ट गर्नुहोस्