प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिन्नः प्रचण्ड

जनकपुरधामः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको विषयमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रीय सचिवालयमा छलफल भएको र प्रतिवेदन परिमार्जनसहित पारित हुने बताएका छन् ।

आइतबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्र र जनताको पक्षमा हुने गरि एमसीसीको प्रतिवेदन परिमार्जन गरेर पारित हुने बताए ।

उनले अहिले प्रधानमन्त्री फेरिने विषय हल्ला मात्र भएको र वास्तविकता त्यो नभएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म सरकार परिवर्तन नहुने बताए ।

अध्यक्ष प्रचण्डले प्रदेश नंं २ को सरकार परिवर्तनको विषयमा राजपा तथा फोरमसंग कुराकानी भइरहेको तर कहिले परिवर्तन हुने हो त्यो भन्ने अवस्था नरहेको बताए ।

उनले सञ्चारमन्त्रीको विषय कानूनी र अनुसन्धानको विषय भएको बताउँदै यस विषयमा सार्वजनिक लेखा समिति तथा अख्तियारले छानविन गरिरहेकोे जानकारी गराए ।

कमेन्ट गर्नुहोस्