कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण गर्ने तयारी

एजेन्सीः अष्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसको अहिलेसम्म उपचार फेला परिनसकेको अवस्थामा अस्ट्रेलियाका वैज्ञानिकले विकास गरेको यो भ्याक्सिन परीक्षण सफल भए ठूलो उपलब्धि हुने युनिभर्सिटी अफ क्विन्सल्यान्डले जनाएको छ।

मुख्य अनुसन्धानकर्ता तथा विश्वविद्यालयको रसायनशास्त्र तथा मोलेक्युलर बायोसाइन्सका प्रमुख पउल योङ्गले २० जना वैज्ञानिकको टोलीले यस काममा अहोरात्र खटेपछि सफलता हात लागेको बताएको छ । ‘मुख्य काम नै जनावरमा परिक्षण गर्नुभन्दा पहिले भ्याक्सिनको निर्माण गर्नु थियो र यसै साता यस भ्याक्सिनको परीक्षण जनावरमा गरिनेछ,’ योङ्गले भने।

चीनबाट सुरु भएको यो भाइरसका कारण अहिलेसम्म संसारभरका करिब ७८ हजार संक्रमित भएका छन भने करिब २ हजार ४ सयले ज्यान गुमाइसकेका छन्।

कमेन्ट गर्नुहोस्