गठन भएको नौ महिनापछि कांग्रेसको छाया मन्त्रिपरिषद बैठकः के–के भए निर्णय ?

काठमाडौंः गठन भएको नौ महिनापछि नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको बैठक बसेको छ

सभापति शेरबहादुर देउवाले डाकेको बैठक आइतवार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको हो । पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले मन्त्रालयहरुको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् ।

बैठकमा वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा भएको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार भएका कुरा बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।

बैठकमा उपस्थित छाया मन्त्रीहरुले अहिलेसम्म गरेका कामकारबाहीबारे रिपोर्टिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्