काठमाडौंः टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्रउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ बुधबारे घर भई चुच्चेपाटी बस्दै आएका ५२ बर्ष का कमल प्रसाद पोखरेल रहेका छन् ।
पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनेर ३२ जनालाई ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
रकम लिएर सम्पर्क विहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । टुकुमा पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागमा अनुसन्धान तथा कारवाहीको लागी पठाइएको छ ।