अफ्रिदी भन्छन्, ‘मोदी प्रधानमन्त्री रहँदासम्म भारत–पाकिस्तान सिरिज असम्भव’

काठमाडौंः पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले भारत–पाकिस्तान सिरिज नहुनुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जिम्मेवार रहेको बताएका छन् ।

अफ्रिदीले जबसम्म मोदी भारतको सत्तामा रहन्छन् तबसम्म भारत–पाकिस्तान सिरिज नहुने दावी गरे । सन् २००८ को मुम्बई हमलापछि दुई देशले द्विपक्षीय सिरिज खेलेका छैनन् । यद्यपी विश्वकपलगायत अन्य प्रतियोगितामा भने यी दुई टिम आमने सामने भएका छन् ।

‘मलाई लाग्छ कि जबसम्म भारतको सत्तामा मोदी हुन्छन्, पाकिस्तानलाई भारतले कुनै जवाफ दिने छैन । अब हामी सबैले उनको मानसिकता बुझिसकेका छौं । उनको मानसिकता नै नकरात्मक छ’ अफ्रिदीले भने ।

भारत र पाकिस्तानबीच क्रिकेट सम्बन्धमा उतारचढाव भइरहेको छ । गत वर्ष इंग्ल्याण्डमा भएको विश्वकपमा यी दुई टोलीबीच खेल हुँदा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

त्यसअघि भारत र पाकिस्तानकाबीच खेल हुँदा धेरै तनो समेत हुँदै आएको छ । फेब्रुअरी २०१९ मा पुलवामा हमाला हुँदा भारतले पाकिस्तानलाई विश्वकप खेल्न प्रतिबन्ध लगाउने मागसमेत राखेको थियो ।

नोभेम्बर २००८ को मुम्बई हमलाको कारण दुई देशबीच आएको सम्बन्धको फाटोको कारण क्रिकेटको सम्बन्धसमेत धेरै ब्रिग्रिएको हो । दुई देशबीच जब तनाव उत्पन्न हुन्छ त्यसबाट क्रिकेटको सम्बन्ध पनि अछुत रहँदैन ।

यद्यपी २०११ को एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी टिम भारत गएको थियो । उक्त विश्वकपको सेमिफाइनलमा पाकिस्तानले भारतविरुद्ध मोहलीमा खेलेको थियो । अफ्रिदी पनि उक्त खेलमा खेलेका थिए । तर भारतले पाकिस्तानलाई हरायो र पछि विश्वकप नै जित्यो ।

कमेन्ट गर्नुहोस्