टी–२० विश्वकपः इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला विश्वकप अन्तर्गत इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ ।

इंग्ल्याण्डले दिएको १ सय २४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

उसका लागि कप्तान डेन भ्यान निकरेकले सर्बाधिक ४६ रन बनाइन् । बलिङमा इंग्ल्याण्ड टीमकी सोफी एक्लेस्टोनले सर्बाधिक २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय नेट्ली साइवरले सर्बाधिक ५० रन बनाइन् ।

बलिङमा दक्षिण अफ्रिका टीमकी याबोङ्ग खाकाले सर्बाधिक ३ विकेट लिइन् ।

कमेन्ट गर्नुहोस्