बस र टिपर बायाँ लेनमा मात्र चलाउन पाइने

काठमाडौंः कोटेश्वरमा हुने सवारी चाप कम गर्न ट्राफिक प्रहरीले नयाँ नियम अघि सारेको छ ।

सूर्यविनायक–जडिबुटी सडक–खण्डमा यात्रुवाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधानहरु बायाँ लेनबाट मात्र कुदाउने नियम लागू गर्न लागिएको हो ।

दाहिने लेनबाट भने निजी तथा साना सवारीसाधन मात्रै गुड्ने छन् । यो नियम १४ फागुनदेखि लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले बुझाएको प्रतिवेदनका आधारमा यो नियम लागू गर्न लागिएको हो ।

यो प्रावधानले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुनसक्ने भनिएको छ ।

कमेन्ट गर्नुहोस्