दूतावासले भन्यो, ‘कोरियामा कारोना भाइरसबाट नेपाली संक्रमित छैनन्’

काठमाडौंः कोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ ।

दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाका कतिपय सहरमा कोरोनाको संक्रमण देखा परे पनि यहाँ रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको बताए ।

कोरिया सरकार र राजदूतावासले भने अनुसार सावधानी अपनाए संक्रमणको जोखिममा पर्ने खतरा नरहेको उनले बताए ।

बाहिर विभिन्न हल्ला आईरहेको बेला बास्तोलाले कोरिया सरकार कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म तरिकाले काम गरीरहेकाले चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

यहाँ कार्यरत नेपाली कोरोनाको संक्रमण कारण नेपाल फर्कने इच्छा कसैले नराखेको पनि उनले जानकारी दिए । धेरै संक्रमण थेगु भन्ने शहरमा देखा परेको जानकारी दिँदै अन्य सहरमा त्यति धेरै प्रभावित नपारेको बास्तोलाले बताए ।

थेगु भन्ने शहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उनले जानकारी दिए । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले जानकारी दिए ।

दूताबासले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा चेक जाँच तथा उपचार गराउन र सो क्रममा पक्राउ नगर्ने व्यस्था मिलाइएको दूतावासले जारी सूचनामा उल्लेख छ ।

साथै अवैधानिक नागरिकलाई पनि स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियत वारेमा नसोध्न अस्पताललाई निर्देशन दिइएको सम्बन्धमा कोरियाको अध्यागमन विभागले गरेको लिखित पत्रचार बारे प्रेषित गरिएको दुतावासले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्