काेरियामा काेराेना त्रास: रेड अलर्ट जारि, चर्च रहेकाे क्षेत्रमा बढी संक्रमण (प्रान्तको डाटासहित)

सियाेल, काेरिया । काेराेना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देश  चीनपछि दाेश्राे ठूलाे संक्रमण दक्षिण काेरियामा देखा परेकाे छ ।

काेरियाकाे सरुवा राेग तथा महामारि नियन्त्रण केन्द्रले जनाए अनुसार, अाईतबार साँझसम्म संक्रमण देखिएका बिरामीकाे संख्या ६०२ पुगेकाे छ ।

हालसम्म १० जनाकाे मृत्यु भएकाे छ ।

आइतबार मात्रैै ४६ जना नयाँ बिरामीमा संक्रमण देखा परेकाे केन्द्रले जनाएकाे छ । यी मध्ये अाधा बिरामी Shincheonji चर्च क्षेत्रमा रहेका ईसाई धर्मावलम्बी रहेका छन् ।

राष्ट्रपतिले केही दिन संकट बढन सक्नेे बताउँदै रेड अलर्ट जारि गरेका छन् ।

हालसम्म बिरामी भएर अस्पताल अाएका २५ हजार ५ सय ७७ जनामध्ये ८ हजार ५७ काे रगत परिक्षण गर्दा ६ सय दुई जनामा संक्रमण देखिएकाे हाे ।

यसअघि डाएगुमा बढी बिरामी देखिएका थिए ।

डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन्।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र मृत्यु हुने बिरामीको सङ्ख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमित मानिसको सङ्ख्या बढेको छ।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन्।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर “साँघुरिँदै गएको” चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्