प्रशारण नहुँदै कमेडी च्याम्पियनको नतिजा सार्वजनिक, को भए आउट ?

काठमाडौंः प्रशारण नहुँदै रियालिटी शो कमेडी च्याम्पियनको नतिजा सार्वजनिक भएको छ ।

स्रोतका अनुसार उत्कृष्ट ३ मा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । उत्कृष्ट ३ को प्रस्तुतीमा बिष्णु प्रसाद पौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी फाइनलमा पुग्न असफल भए ।

यो शो आज बेलुकी प्रशारण हुँदैछ । तर, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा चलिरहेको छ ।

कार्यक्रम प्रसारण हुनु अगावै कसरी नतिजा सार्वजनिक भयो भन्नेबारे च्याम्पियनको टिमले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

कमेन्ट गर्नुहोस्