पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा, ४ पक्राउ

पोखराः प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाएका हुन् ।

उनीहरूले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएकोलगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ । समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत जना रहेका छन् ।

पोखरा सभागृहमा सोमबार र मंगलबार आयोजना हुने नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएका छन् ।

कमेन्ट गर्नुहोस्