आँचल र उदिपको इन्गेजमेन्ट, बिहे कहिले?

काठमाडौंः अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् । आज सोमवार आँचल र उनका प्रेमी उदिपको इन्गेजमेन्ट काठमाडौंको चुच्चे पाटीस्थित इम्पेरियल बैंक्वेटमा भएको हो ।

इन्गेजमेन्ट गरिए पनि उनीहरूको बिहेको मिति भने सार्वजनिक गरिएको छैन । आँचल र उदिप यही फागुन अन्तिममा वैवाहिक जीवनमा बाँधिने बताइएको छ ।

डेढ वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरु बिबाह गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्