दक्षिण कोरियामा कोरोनाका कारण ८ को मृत्यु, ८४३ मा संक्रमण, ३२ हजारमा कोरोना आशंका

काठमाडौंः दक्षिण कोरियामा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङअनुसार ८ सय ४३ जनामा कोरोना भाइरस भएको पृष्टि भएको छ ।

दक्षिण कोरियाको वेवसाइट https://wuhanvirus.kr/ का अनुसार ३१ हजार ९ सय २३ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

 

सबैभन्दा धेरै संक्रमण डाएगु क्षेत्रको चर्च क्षेत्रमा देखा परेको छ । राष्ट्रपतिले केही दिन संकट बढन सक्ने बताउँदै रेड अलर्ट जारी गरेका छन् । डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन् ।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र मृत्यु हुने बिरामीको सङ्ख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमित मानिसको सङ्ख्या बढेको छ ।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोना भाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर साँघुरिँदै गएको चेतावनी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्