कतारका राजदूतद्वारा सभामुख सापकोटासँग भेट, नेपाली श्रमिकको प्रशंसा

काठमाडौंः नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटासँग सोमबार भेटवार्ता गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर राजदूत युसुफले भेट गरेका हुन् । भेटमा कतारको विकासमा नेपाली कामदारको योगदानको राजदूतले प्रशंसा गरेका थिए । सन् २०२२ मा हुने विश्‍वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारको योगादनको उनले प्रशंसा गरे ।

याे पनि पढ्नुस  शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको सभामुखका सञ्‍चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । राजदूत युसुफले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने पनि बताए। भेटमा उनले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको जानकारी दिए।

याे पनि पढ्नुस  सर्वोच्‍चको मुद्दा स्थगित भएपछि सापकोटा सभामुख बन्‍ने पक्का

सभामुखसँगको भेटमा उनले नेपालको स्वास्थ्य-शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए। त्यसैगरी नेपालमा क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न चाहेको पनि उनले जानकारी दिए । राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तयार रहेको पनि सभामुखमार्फत जानकारी गराए ।

याे पनि पढ्नुस  भारतीय विदेश सचिव श्रृंगलाले भेटे प्रधानमन्त्री ओली

कमेन्ट गर्नुहोस्