भीम रावलले प्रधानमन्त्री ओलीलाई भने– देश आमा हुन्, काटेर खान मिल्दैन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो रकम खर्चेर जन्मदिन मनाएको भन्दै नेकपा नेता भीम बहादुर रावलले विरोध जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले प्रधानमन्त्री ओलीले तडकभडकका साथ मनाएको जन्मदिनको विरोध गरेका हुन् । उनले देश आमा भएकोले काटेर खान नमिल्ने तर्क गरेका छन् ।

‘यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’, प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै रावलले भनेका छन्, ‘अँझ ‘समृद्धि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैनस पार्टी निर्णयले झनै मिल्दैन ।’

प्रधानमन्त्री ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्