आइपीएल खेल्न सन्दीप कहिले जाँदै छन् दिल्ली?

काठमाडौंः नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने आसन्न इन्डियन्स प्रिमियर लिग (आइपीएल) लागि आउँदो मार्चको अन्तिममा मात्र नयाँ दिल्ली जाने भएका छन् । मार्च १४ तारेखदेखि काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) खेलेर मात्र उनी आइपीएल खेल्न दिल्ली जाने भएका हुन् ।

इपीएलको अन्तिमसम्म आफ्नो टोली पुगेमा फाइनल खेलेरै सन्दीप नयाँ दिल्ली लाग्ने छन् । तर सन्दीप आवद्ध ललितपुर इपीएलको अन्तिमसम्म नपुगेमा भने फुर्सद हुँदासाथ नयाँ दिल्ली प्रस्थान गर्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

सन्दीपले इपीएललाई नै आइपीएल तयारीको रुपमा लिएका छन् । उनले आफूलाई फिट राख्नका लागि इपिएलका म्याचलाई नै मुख्य माध्यम बनाएका हुन् । दैनिक गर्ने अन्य अभ्यास भने नियमित नै गरिरहेका छन् ।

इन्डियन्स प्रिमियर लिग (आइपीएल) क्रिकेटको उद्घाटन खेलमा दिल्ली र चेन्नई मार्च २९ मा भिड्ने छन् । सन्दीप आवद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल मार्च ३० मा हुनेछ ।

सन्दीप लगातार दुई पटक आइपीएलमा खेलिसकेका छन् । यो पटकको आइपिएल उनी तेस्रो पटक सहभागी हुँदै छन् । आइपिएलमा खेल्ने पहिलो र एकमात्र खेलाडी हुन् । आइपीएलपछि उनले संसारका विभिन्न व्यवसायिक प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । नागरिक खबरबाट

कमेन्ट गर्नुहोस्