टी–२० विश्वकपः भारतले दियो बंगलादेशलाई १४३ रनको लक्ष्य

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला क्रिकेटमा भारतले बंगलादेशलाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

उसका लागि शेफाली वर्माले ३९, जेमिमाह रोड्रिग्सले ३४, वेदा कृष्णमूर्तिले अविजित २०, ऋचा घोषले १४, दीप्ती शर्माले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा बंगलादेश टीमका सलमा खातुन र पन्ना घोषले २–२ विकेट लिइन् । ग्रूप ‘ए’मा रहेको भारतले पहिलो खेलमा अष्ट्रेलियालाई हराउँदै विजयी सुरुवात गरिसकेको छ । जारी विश्वकपमा बंगलादेशको भने यो पहिलो म्याच हो ।

कमेन्ट गर्नुहोस्