घुससहित सव–इन्जिनियर रंगेहात पक्राउ

काठमाडौंः सव–इन्जिनियर नवलेस कुमार रौनियार घुससहित रंगेहात पक्राउ परेका छन् ।

रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले ४० हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको हो ।

उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट मादी गाउँपालिकामा खटिएका थिए ।

रौनियार सोही गाउँपालिका–९ का सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्