दोहोरो शतक बनाउँदै मुशफिकुरले रचे इतिहास

काठमाडौंः जिम्बाब्बेसँगको एक मात्र टेष्ट म्याचमा बंगलादेश टीमका विकेटकीपर–ब्याट्सम्यान मुशफिकुर रहीमले शानदार दोहोरो शतक बनाउँदै नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले म्याचको तेस्रो दिन जिम्बाब्बेविरुद्ध रहीमले दोहोरो शतक बनाएका हुन् । टेष्टमा रहीमको यो तेस्रो दोहोरो शतक हो । अविजित दोहोरो शतक बनाएसँगै उनी बंगलादेशको तर्फबाट टेष्टमा सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् ।

टेष्ट क्रिकेटमा रहीमको ४ हजार ४ सय १३ रन पूरा भएकाे छ । उनले ४ हजार ४ सय ५ रन बनाउने तमीम इकबाललाई पछि पार्दै बंगलादेशबाट टेष्टमा सर्बाधिक रन बनाउँदै इतिहास रचे । रहीमले जिम्बाब्बेविरुद्ध ३१८ बलमा २८ चौकाको मद्दतमा अविजित २०३ रनको पारी खेले ।

टेष्ट क्रिकेटमा सर्बाधिक रन बनाउने बंगलादेशी खेलाडी

मुशफिकुर रहीम– ४४१३

तमिम इकबाल– ४४०५

शाकिब अल असन– ३८६२

हबिबुल बशर– ३०२६

मोमिनुल हक– २८६०

कमेन्ट गर्नुहोस्