गृहजिल्ला पुगेपछि महराले भने, ‘कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन’

दाङः पूर्व सभामुख कृष्णबहादुर महरा आज गृहजिल्ला आइपुगेका छन् ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास मुद्दामा तीन महिना जेल परेका महरा अदालतले सफाई दिएपछि पहिलोपटक घर आएका हुन् ।

बलात्कार मुद्दाका कारण मतदाताबीच रहेको अन्योल मेट्न र आफ्नो समस्या मतदाताबीच राख्न उनी दाङ आएका हुन् ।

याे पनि पढ्नुस  महराको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो। भालुबाङ, लमही, गोग्ली र घोराहीमा सडकमा लामबद्ध कार्यकर्ता र शुभेच्छुकहरुले माला र अबिरसहित महराको स्वागत गरेका थिए।

महराले शुभेच्छुकहरुलाई सम्बोधन गर्दै आफू तीन महिना भूमरीमा परेको बताए। ‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उनले भने, ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’

याे पनि पढ्नुस  पुरुषपीडक कानुन भएको भन्दै शान्ता चौधरीले यसरी गरिन् महराको बचाउ

उनी सडकमा कार्यकर्ताहरुलाई सम्बोधन गरेपछि कडा सुरक्षबीच सिधैं घोराही–१७ पनौरास्थित घर गएका थिए ।

कमेन्ट गर्नुहोस्