टी–२० विश्वकपः बंगलादेश पहिलो खेलमा पराजित, भारतको लगातार दोस्रो जित

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला क्रिकेटको आफ्नो पहिलो खेलमा बंगलादेश भारतसँग १८ पराजित भएको छ ।

भारतले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो ।

उसका लागि निगार सुल्तानाले सर्बाधिक ३५ रन बनाइन् । बलिङमा भारतीय टीमकी पूनम यादवले ३, शिखा पाण्डे, अरुन्धी रेड्डीले २–२ र राजेश्वरी गायकवाडले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो ।

उसका लागि शेफाली वर्माले ३९, जेमिमाह रोड्रिग्सले ३४, वेदा कृष्णमूर्तिले अविजित २०, ऋचा घोषले १४, दीप्ती शर्माले ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा बंगलादेश टीमका सलमा खातुन र पन्ना घोषले २–२ विकेट लिइन् । ग्रूप ‘ए’मा रहेको भारतले पहिलो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

कमेन्ट गर्नुहोस्