कलंकीमा भयानक दुर्घटना, ‘ब्रेकफेल’ भएको ट्रकले ९ सवारीलाई ठक्कर दियो

काठमाडौंः काठमाडौंको कलंकीमा ‘ब्रेक फेल’ भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । ट्रकले दिएको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरका अनुसार आज साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको हो ।

ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्