स्वास्थ्य तथा जनसंख्या मन्त्रालयः १२ औं तहमा तीन जना बढुवा

काठमाडौंः सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको थियो । तीनवटा प्रमुख विशेषज्ञ पदमा सिफारिस भएका पाँच जना मध्ये मन्त्रिपरिषदले तीन जना नियुक्त गरेको हो ।

सिफारिसमा डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. भीमसिंह तिंकरी, डा. केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठ थिए ।

कमेन्ट गर्नुहोस्