सरस्वती र कुलबहादुरले जिते ‘मनोरञ्जनरमण शर्मा अवार्ड-२०७६’

काठमाडौंः राष्ट्रिय भलिबल टोलीका सदस्य कुलबहादुर थापा र सरस्वती चौधरी ‘मनोरञ्जनरमण शर्मा अवार्ड- २०७६’ बाट सम्मानित भएका छन्। पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीले सोमबार उक्त अवार्ड हात पारेका हुन्। अवार्डसँग दुबै खेलाडीले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे।

 

याे पनि पढ्नुस  सरस्वतीलाई भलिबल लिग खेल्ने मौका, आज माल्दिभ्स प्रस्थान

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले यो अवार्ड स्थापना गरेका हुन्। सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेलगत्तै अध्यक्ष शर्माले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी यो अवार्ड प्रदान गर्ने बताएका थिए। त्यसैको ब्याजबापत प्राप्त हुने रकमबाट यो अवार्ड प्रदान गर्न थालिएको हो। २०७५ सालमा पहिलो पटक यो अवार्ड प्रदान गरिएको थियो।

याे पनि पढ्नुस  सरस्वतीलाई भलिबल लिग खेल्ने मौका, आज माल्दिभ्स प्रस्थान

स्वास्थ्य समस्याका कारण सरस्वती भने अवार्ड वितरण कार्यक्रममा उपस्थित थिइनन्। सोही अवसरमा बंगलादेशमा सम्पन्न ‘एभीसी सेन्ट्रल जोन महिला च्याम्पियनसिप’ को उपाधि विजेता नेपाली टोलीका सदस्यलाई पनि जनही १० हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो।

नेपाल स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण गरे। नेपाल भलिबल संघले प्रदान गर्ने ‘वर्ष खेलाडी पुरस्कार’ समेत यो वर्ष कुलबहादुर र सरस्वतीले नै जितेका थिए।

कमेन्ट गर्नुहोस्