ललितपुरबासीद्वारा मेयर महर्जनको पुत्ला दहन

ललितपुरः विद्यालयको जग्गामा अनाधिकृत पर्खाल लगाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरिएको छ ।

महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत पुल्चोकस्थित मदन स्मारक स्कुलको खेल मैदान मासेर पर्खाल लगाएको भन्दै स्थानीयले मंगलबार विद्यालयको मूलगेट अगाडि मेयरको पुतला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा उनीहरुले अनधिकृत ढंगको पर्खाल निर्माण बन्द गर, कानुन उल्लंघन गर्न पाइँदैन, नगरप्रमुखको मनपरी तन्त्र चाहिँदैन जस्ता नारा लगाएका थिए।

सर्वोच्चले २०७६ जेठमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म विद्यालय हाताभित्रको खुला क्षेत्रमा कुनै संरचना निर्माण नगर्नुरनगराउनु भनी आदेश दिएको थियो । दरबार टोल विकास संस्थाका तर्फबाट वामदेव ज्ञवालीले खुल्ला क्षेत्रको संरक्षण माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।

पुल्चोक नःटोल–पाटन ढोका सडक विस्तार गर्ने नाममा विद्यालयको खेलमैदान साँघुरो हुने गरी नगरपालिकाले ३५ लाखमा नयाँ पर्खाल लगाएको हो ।

चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाका पुत्ला दहन

कमेन्ट गर्नुहोस्