दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण प्रक्रिया शुरू

कञ्चनपुरः दोधारा चाँदनीको कञ्चभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया शुरू भएको छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि पहिलो चरणमा जग्गा जाँच एकीन गरेर विवरण पठाइदिन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्धिपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाले जिल्ला प्रशासन कञ्चनपुरलाई पत्र लेखेको छ ।

पत्रमा सुख्खा बन्दरगाह निर्माणका लागि पहिचान भएको कञ्चभोज र स्थानीय स्तरमा केही नगरपालिकाले छुट्याएको सरकारी स्वामित्वको जग्गा नाप जाँच एकीन गरेर मन्त्रालयमा पठाउन भनिएको छ ।

उक्त क्षेत्रको उद्योगमन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले माघ २४ गते स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रियाले गति लिन थालेको छ ।

कमेन्ट गर्नुहोस्