रेड पाण्डाको छालासहित चारजना पक्राउ

काठमाडौंः रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

कपन खरिबोट क्षेत्रमा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गरेर बिक्री गर्न लागेको भन्ने सूचनका आधारमा खटिएको टोलीले उनीहरूले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन गाउँपालिका, ४ का सुर्य बहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका सुक बहादुर लामा, कास्कीको मादी गाउँपालिका, ८ तारकाङका युबराज सापकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका, १३ कपनका कमला तामाङ रहेका छन् ।

सुर्य बहादुर भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला फेला परेको हो ।

उनीहरूलाई आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्