इस्टर्न रिजन कपका सबै खेल ‘लाइभ’ हेर्न पाइने

काठमाडौंः थाइल्याण्डमा आउँदो शनिबारदेखि सुरु हुने एसीसी इस्टर्न रिजन टी–२० का सबै खेल ‘लाइभ’ हेर्न पाइने भएको छ ।

खेलको ‘लाइभ’ एसीयाली क्रिकेट काउन्सिल (एसीसी) को आधिकारिक युट्युब च्यानलबाट हेर्न पाइने भएको हो । पाँच देश सम्मिलित प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासियासँग खेल्ने छ ।

खेल तालिका अनुसार नेपालले मलेसियासँग २९ फेब्रुअरीमा खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ ।

प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने भएका छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका हुन् ।

कमेन्ट गर्नुहोस्