विश्व–११ विरुद्धको सिरिजमा सन्दीप पनि अटाए एसिया ११ को टिममा

काठमाडौंः नेपाली क्रिकेट टीमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एसिया–११ को टीममा अटाएका छन् । विश्व–११ विरुद्धको टी–२० सिरिजका लागि बनाइएको एसिया ११ को टीममा सन्दीप पनि अटाएका हुन् ।

एसियाली देशका खेलाडी समावेश गरिएको एसिया ११ टिममा भारतबाट विराट कोहली, शिखर धवन, ऋषभ पन्त, केएल राहुल, मोहम्मद सामी र कुलदीप यादव रहेका छन् ।

यस्तै अन्य खेलाडीमा तमिम इक्वाल, लिटोन दास, मुस्फिकुर रहीम, थिसरा परेरा, रासिद खान, मुस्ताफिजुर रहमान, लसिथ मालिंगा, मुजिब उर रहमान र सन्दीप लामिछाने छन् ।

यो टिमको कप्तान विराट कोहली वा के एल राहुल मध्ये एकले गर्ने छन् । बंगलादेश क्रिकेट बोर्डको आयोजनामा यो सिरिज मार्चमा हुनेछ ।

कमेन्ट गर्नुहोस्