अछाममा जीप दुर्घटनाः एकको मृत्यु, १३ घाइते

अछामः जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका–६ हात्तिबाँझमा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ ढकारी गाउँपालिका–३ तालिका ५० बर्षका राम नेपालीको मृत्यु भएको हो । टाउँको, अनुहार र छातीमा गम्भिर चोट लागेका नेपालीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि रेफर गर्दै गर्दा ज्यान गएको हो ।

घाइते ढकारी–६ की करिब ४५ बर्षकी पार्वती सुर्जीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । अन्य घाइतेमा ढकारी–३ तालिका पारु नेपाली, बालिका धनसरा नेपाली, बालक उज्जले नेपाली, ६२ बर्षिय पहराम बुढा, जीपचालक ढकारी–१ का लली नेपाली, साँफेबगरका २५ बर्षिय मुकेश सुनार, कमलबजार नगरपालिका–५ कुईकाका पार्वती गुरुङ रहेका छन् ।

यस्तै ढकारी–६ का टिका सुर्जी, कैलाली बौनियाका एकेन्द्र सुनार, सोही ठाउँका पारस सुनार र ढकारी–१ का तपेन्द्र बुढा रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिए ।

जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्