१९ तोला सुनसहित दुई जना पक्राउ

जनकपुरधामः १९ तोला सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान–१९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजा रहेका छन् ।

उनीहरूलाई सिराहा प्रहरीले लहान नगरपालिका–१९ छर्रापट्टीबाट ३८प. २६३२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई मोटरसाइकल र सुनसहित जिल्ला भन्सार कार्यालय ठाँडीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्