राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा हमाल नियुक्त

काठमाडौंः नेपाली सेनाका उपरथी ईश्वर हमाललाई फोर्स कमाण्डरमा नियुक्त गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उपरथी हमाललाई फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् ।

हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।

याे पनि पढ्नुस  उपरथी हमालले सम्हाले फोर्स कमाण्डरको कार्यभार

अनडफ मिसनको कार्यवाहक प्रमुख नेपाली सेनाकै उपरथी शिवराम खरेल थिए । उनले सेनाबाटै अवकास पाइसकेका छन् ।

उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्  ।

याे पनि पढ्नुस  उपरथी हमालले सम्हाले फोर्स कमाण्डरको कार्यभार

उनी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत चार पटक सहभागी भएका छन् । उपरथी हमालसंग मिलेटरी अवजरभरका रुपमा सन् २००६ मा युएनओसीआई मिसन र लेबनानमा रहेको युनिफिल मिसनमा सन् १९९३ कण्टिजेन्ट मेम्बरका रुपमा सन् २००० मा बटालियन चिफ अपरेशन अफिसर र १९९० मा प्लाटुन कमाण्डरका रुपमा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुहोस्