वेस्टर्न रिजन कपः बाहिरियो बलियो टोली ओमान, नेपाललाई राहत

काठमाडौंः एसिया कप टी–२० को रोडम्यापको रुपमा रहेको वेस्टर्न रिजन कप अन्तर्गत आज भएको खेलमा कमजोर मानिएको बहराइनले कतारमाथि ६ विकेटको शानदार जित निकालेको छ ।

कतारले दिएको १०७ को सामान्य लक्ष्य बहराइनले ११.५ ओभर पूरा गर्‍याे । उसका लागि सरफराज अलीले ४३, अमद अदुद्दीनले अविजित ४१ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।

उसका लागि कमरन खानले सर्बाधिक ४६ रनको योगदान दिए । बहराइनको जितसँग बलियो मानिएको ओमान एसिया कप छनौटबाट बहिरिएको छ । ओमान, बहराइन र कतारको पोइन्ट बराबर भए पनि कम रनरेटका कारण ओमान बाहिरिएको हो ।

समूहबाट बहराइन रनरेटमा शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भएको छ । कतार उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

समूह ‘बी’ बाट यूएई र कुवेतले अन्तिम चारमा स्थान बनाए । उनीहरुमध्ये यूएईले तीन खेलमा तीन जित तथा कुवेतले दुई जित एक हार ब्यहोर्‍याे ।

फाइनलमा पुग्ने २ टोलीले मलेसियामा हुने एसिया कप छनोट खेल्ने छन् । इस्टर्न रिजनबाट २ टीमले मलेसिया हुने एसिया कप छनोट खेल्ने मौका पाउने छन् ।

नेपाल इस्टर्न सिजनबाट खेल्दै छ । नेपालको पहिलो खेल २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्