गेलसहित यी स्टार क्रिकेटरले पाए विश्व ११ मा मौका, एसिया–११ सँग हुने सिरिज

काठमाडौंः बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) द्वारा आयोजना गरिने दुई खेलको टी–२० सिरिजका लागि एसिया–११ र विश्व–११ टीमको घोषणा गरिएको छ ।

दुवै टीमको घोषण आज गरिएको हो । बीसीबी आफ्ना संस्थापक शेख मुजीबुर रहमानको जन्म शताब्दीमा अवसरमा यो सिरिज आयोजना गर्न लागेको हो ।

सिरिजमा विश्व क्रिकेटका स्टार खेलाडीको सहभागीता रहने छ । यो टी–२० सिरिज १८ मार्च देखि २१ सम्म शेरे बंगला राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

एसिया–११ मा विराट कोहली, शिखर धवन, केएल राहुल, लसिथ मलिंगा, सन्दीप लामिछाने लगायत स्टार क्रिकेटर छन् ।

यता विश्व–११ मा क्रिस गेल, एलेक्स हेल्स, निकोलश पूरन, रस टेलर, फाफ डू प्लेसिस, किरण पोलार्ड जस्ता लोकप्रिय क्रिकेटर छन् ।

विश्व–११ को टीमः एलेक्स हेल्स, क्रिस गेल, फाफ डू प्लेसिस (कप्तान), निकोलस पूरन, रस टेलर, जोनी बेयस्टो, किरण पोलार्ड, आदिल रशीद, शेल्डन कोट्रेल, लुंगी एन्गिडी, एड्र्यू टाय र मिचेल म्याक्लेनाघन ।

एसिया–११ को टीमः केएल राहुल, शिखर धवन, विराट कोहली, तमीम इक्बाल, लिटन दास, ऋषभ पन्त, मुस्फिकुर रहीम, थिसरा परेरा, राशीद खान, मुस्ताफिजुर रहमान, सन्दीप लामिछाने, लसिथ मालिंगा, मोहमद शामी, कुलदीप यादव र मुजिब उर रहमान ।

कमेन्ट गर्नुहोस्