पूर्वडिआइजी रमेश खरेल भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै

काठमाडौंः नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने जानकारी दिएका छन् । जुन अभियानको बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रमकाबीच घोषणा गर्ने कार्यक्रम छ ।

खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए ।

अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । २०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै प्रहरी संगठनमा लोकप्रिय छवि बनाएका खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्