मध्यरातमा ओली र नेपालको भेट, के भयो कुराकानी ?

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता बाक्लिएको छ ।

मंगलबार राति प्रधानमन्त्री ओलीले नेता नेपाल बालुवाटारमा भेट भएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली र नेता नेपालबीच पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति, एमसीसी, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको छ ।

सरकार एकपछि अर्को गरेर विवादमा मुछिएको बारे बाहिर आलोचना भैरहेकोले यसले पार्टीकै बद्नाम भएको भनेर नेकपाका नेताहरुले टिप्पणी गरिरहेको अवस्थामा ओली र नेपालबीच भएको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्