दिल्ली झडपमा मर्नेको संख्या २० पुग्यो, २५० बढी घाइते (अपडेट)

नयाँ दिल्लीः भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या २० पुगेको छ । नागरिकता विधेयकका समर्थक र विरोधीबीच आइतबारदेखि दिल्लीमा झडप हुँदै आइरहेको थियो ।

मंगलबार मात्र दिल्लीस्थित एक मस्जिदमा आगो लगाइएको थियो भने ‘जय श्री राम’ तथा ‘हिन्दूको हिन्दुस्तान’ को नारा लगाइएको भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ ।

यसैगरी झडपमा दुई सय ५० भन्दा बढी घाइते भएका छन् । बुधबार बिहान पनि त्यस क्षेत्रमा तनाव कायमै रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्